Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलपाकिस्तान जानुअघि नेपाली क्रिकेट टिमले गरे पशुपतिनाथको दर्शन

पाकिस्तान जानुअघि नेपाली क्रिकेट टिमले गरे पशुपतिनाथको दर्शन


काठमाडौँ । एसिया कप क्रिकेट खेल्न नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्दैछ ।

आज क्रिकेट टिमका खेलाडीहरूले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टीमलाई आज नै बिदाइ गर्दैछ ।

एसिया कप आउँदो भदौ १३ गते (अगस्ट ३०)बाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास खेल खेल्न नेपाली टिम चाँडै त्यसतर्फ प्रस्थान गर्न लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

यसैबीच, नेपाली टिमका लेग स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय टोलीमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् ।

उनको मुद्दाको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने निश्चित छैन । गत साउन ३२ गते पेशी तोकिएको भए पनि उनको सुनवाइ स्थगित भएको थियो ।

उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा टुंगो लाग्ने स्रोत बताउँछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT