Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसातदोबाटोविरुद्ध फ्रेन्ड्सको शानदार जित

सातदोबाटोविरुद्ध फ्रेन्ड्सको शानदार जित


काठमाडौँ। फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई ०–४ को नतिजामा पराजित गरेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले सो नतिजा निकालेको हो।

खेलको पहिलो मिनेटमै गोल गर्दै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा सातदोबाटोले तीन गोल खाएको हो।

प्रकाश बुढाथोकीले ५५औं मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्सले अग्रता दोब्बर पारेको थियो। टोरिच जेब्रिनले ८७ औं र ९०औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सका लागि ०–४ को जित सुनिश्चित गरे।

जितसँगै २१ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २९ अंक जोडेर पाँचौं स्थानमा छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT