Techie IT
२०८१ फागुन २८, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलमियामीको लगातार दोस्रो जित, मेसीले गरे दुई गोल

मियामीको लगातार दोस्रो जित, मेसीले गरे दुई गोल


एजेन्सी । लिग्स कप अन्तर्गत इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । नेपाली समयानुसार बुधबार बिहान भएको खेलमा मियामीले एटलान्टा युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो ।

मियामीको जितमा लियोनल मेसी र रोबर्ट टेलरले दुई–दुई गोल गरे । खेलको ८ औं मिनेटमा नै मेसीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ४४ औं मिनेटमा टेलरले गोल गर्दै मियामीलाई ३–० ले अघि बढाए ।

५३ औं मिनेटमा टेलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे । यता, खेलको ८४ औं मिनेटमा क्रिस्टोफर एमसीभेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मियामी १० खेलाडीमा समेटिएको थियो । मियामीको यो लगातार दोस्रो जित हो ।

यसअघि डेब्यु खेलमै मेसीले अन्तिम समयमा गोल गर्दै मियामीलाई पहिलो जित दिलाएका थिए । समूह जे मा रहेको मियामीले ६ अंक जोडेको छ । यो जितसँगै मियामी साउथ समूह ३ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT