Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसाउदी क्लब अल हिलाल एम्बाप्पेका लागि कीर्तिमानी मूल्य खर्चिन तयार

साउदी क्लब अल हिलाल एम्बाप्पेका लागि कीर्तिमानी मूल्य खर्चिन तयार


काठमाडौँ । साउदी अरेबियन क्लब अल हिलालले फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेका लागि मँहगो रकम खर्चन तयार भएको छ ।

अह हिलालले २४ वर्षीय एम्बाप्पेका लागि दुई सय ५९ मिलियन पाउण्ड खर्चन तयार रहेको जनाएको छ ।

अल हिलालले एम्बाप्पेका लागि २५ करोड ९० लाख पाउन्ड (करिब ४३ अर्ब ७७ करोड नेपाली रुपैयाँ) खर्चन तयार रहेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग राखेको छ । कुनैपनि खेलाडीका लागि खर्चन लागिएको यो हालसम्मकै सबैभन्दा बढी रकम हो ।

सन् २०१८ मा पीएसजीमा आबद्ध भएका २४ वर्षीय एम्बाप्पेको सम्झौता आगामी एक वर्ष सम्मका लागि छ । त्यसपछि मात्र उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । तर, उनले पीएसजीसँग सम्झौता नविकरण गर्न चाहेका छैनन् ।

एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् । उनी स्पेनिस महारथी रियल मड्रिडमा जान चाहन्छन् ।

पीएसजीले भने एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निणर्य लिन जुलाई ३१ तारिखसम्मको समय दिएको थियो । तर, एमबाप्पेले भने आफू पीएसजीमा नरहने संकेत दिइसकेका छन् ।

विश्व व्यवसायिक फुटबलमा हालसम्मको सबैभन्दा महंगो सम्झौता पीएसजी र नेयमारबीचको सम्झौता रहेको छ । सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई भित्राउन १९८ मिलियन पाउन्ड खर्चेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT