Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलएसीसी इमर्जिङ कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

एसीसी इमर्जिङ कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने


काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ए र पाकिस्तान ए बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार कोलम्बोमा भएको सेमिफाइनल खेलमा बङ्गलादेश ए लाई हराउँदै भारत फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार सवा २ बजे हुनेछ ।

भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।

यस्तै , शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयो ।

श्रीलङ्काका अभिष्का फर्नान्डो र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायो ।

पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै मोहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT