काठमाडौँ । नेकपा एमालेले केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत गरेको छ । केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो ।
एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ छन् भने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम छन् ।
यस्तै, प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई, एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल मनोनीत भएका छन् ।