Techie IT
२०८१ माघ २८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरास्वपा रुपन्देहीको कार्यालयमा कुटपिट भएपछि विवाद उत्कर्षमा

रास्वपा रुपन्देहीको कार्यालयमा कुटपिट भएपछि विवाद उत्कर्षमा


बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद चरम उत्कर्षमा पुगेको छ। आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको विषय सतहमा आएको हो।

रास्वपा सैनामैना र्‍यापिड एक्शन टीम संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्ने आवाज उठाएका थिए। सो आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीलगायतको समूहले बुधवार राति पार्टी कार्यालयमा बोलाएर आफूलाई कुटपिट गरेको र उल्टै आफूविरुद्ध कुटपिटको उजुरी दिएको बताए।

उनले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली, क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको दाबी गरे।

पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाएर उनीहरूको समूहले आफूमाथि आक्रमण गरेपछि आफूले त्यसको प्रतिरक्षा मात्रै गरेको उनले बताए। आफूमाथि कुटपिट भए पनि पार्टी भित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरूले उल्टै आफूविरुद्ध उजुरी दिएको उनको भनाइ छ।

भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्दा उल्टै कारवााही गर्ने र स्थापना कालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका व्यक्तिलाई तँ सदस्यनै होइनस् भनेर कुटपिटमासमेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

Techie IT