Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन’

‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन’


चितवन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।

शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताएका हुन् । तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने बताए ।

‘‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन ।,’’ गृहमन्त्री श्रेष्ठले भने, ‘‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईँहरू काम गर्नुस् भनेका छौँ । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’’

तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउनुहुँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए ।

गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको जिकिर गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT