काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्।
हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेकोले सो तत्कालै नियुक्ति प्रकृया अघि बढ्ने उनको भनाई छ।
उनले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए। राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए।
मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए।