Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन’

‘देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन’


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन्।

बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, “देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ ।”

नेता सिंहले असल कामको मुल्याङ्कन जनताले गर्ने उल्लेख गरे । नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनुसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले चन्द्रागिरि नगरपालिका–१० मा निर्माणाधीन अवस्थामा रहेको विन्धबासिनी माताको मन्दिर निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे ।

बागमती प्रदेशका पर्यटनमन्त्री पुकार मर्हजनले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक, पर्यटनलगायत क्षेत्रमा उल्लेख बजेट विनियोजन गर्दैै ती क्षेत्रमा थुप्रै विकासका काम भइरहेको जानकारी दिए । बिन्धबासिनी मन्दिर निर्माणका लागि प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

Techie IT