Techie IT
२०८१ फागुन ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो’

‘त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताए ।

विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ । “कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु”, प्रधानमन्त्रीले भने, “मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर, त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।”

प्रधानमन्त्री दाहालले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने स्पष्ट पारे । सङ्कटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

आफूले सार्वजनिक र अन्य स्थानमा समेत मनले बोल्ने गरेको स्पष्ट पार्दै उनले भने, “प्रधानमन्त्रीका रूपमा दिमागले बोल्नुपर्ने हो । यस विषयमा सैद्धान्तिक ज्ञान नभएको होइन ।” मनभित्र आफ्नो कुनै नियत नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले आत्मसमीक्षा गरेको बताए ।

उनले भने, “जसले प्रस्ताव गरेर मलाई प्रधानमन्त्री बनायो, उसैले प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेला हुने गरी यो विषय किन उठ्यो होला भनेर मभित्र प्रश्न उठेको छ ।”

यस पटकको प्रधानमन्त्री बन्ने, शतप्रतिशत मत प्राप्त गर्ने, गठबन्धन नयाँ बन्ने विषय नेपालको इतिहासमा नै नयाँ भएको उल्लेख गर्दै उनले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको भए पनि स्पष्टीकरणको मौकासमेत नदिई प्रश्न उठाउनु उपयुक्त नभएको बताए ।

अन्योल र अराजकतातर्फ मुलुक जान लागेको बेला सरकारले जनसरोकारका विषयमा उपयुक्त र प्रभावकारीरूपमा कदम चालिरहेको बेला अनावश्यक प्रश्न उठाइनु पनि गलत भएको प्रधानमन्त्रीको भनाइ छ । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार जरोसम्म नै पुग्ने र त्यसमा सबैको साथ जरुरी रहेको बताए ।

राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र यसको संरक्षण सम्वर्द्धन गर्न सबै मिलेर जानुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।

उनले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने सवालमा आफूले लगातार सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेतासँग महत्त्वपूर्ण छलफल गरेको जानकारी दिए । उनले भ्रष्टाचारमा संलग्नलाई जोगाउने र छुट दिने पक्षमा सरकार कुनै हालतमा नरहेको स्पष्ट गरे ।

सुशासन, लोकतन्त्र, संविधानको रक्षा, शान्ति प्रक्रियालाई टुङ्गो लगाउने र नागरिकलाई सहज सेवा दिने विषयमा सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाइ छ । आफूले पनि मिटरब्याजीका विषयमा किन ढिला गरियो भनेर प्रश्न गरेको उनले जानकारी गराए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT