गृहपृष्ठ ∕
राजनीति ∕
कुटपिटमा संलग्न पूर्वप्रदेश सांसद पक्राउको विरोधमा एमालेद्वारा विरोध प्रदर्शन कुटपिटमा संलग्न पूर्वप्रदेश सांसद पक्राउको विरोधमा एमालेद्वारा विरोध प्रदर्शन
मुगु। नेकपा एमालेले पूर्वप्रदेशसभा सदस्य दानसिंह परियार पक्राउ गरेको विरोधमा विरोध प्रदर्शन गरेको छ। पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य परियारसहित पक्राउ परेको विषयमा एमालेले विरोध प्रदर्शन गरेको हो।
बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ।
प्रहरीले शनिबार नै दुवै जनालाई पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका हुन्।
परियारले शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख