Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनिर्दोष तर्सिनु पर्दैन, अपराधीलाई छुट हुनेछैनः गृहमन्त्री श्रेष्ठ

निर्दोष तर्सिनु पर्दैन, अपराधीलाई छुट हुनेछैनः गृहमन्त्री श्रेष्ठ


काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष व्यक्तिलाई नडराउन आग्रह गरेका छन्। नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला गृहमन्त्री श्रेष्ठले सामाजिक संजाल मार्फत यस्तो आग्रह गरेका हुन्।

तर, दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन्। साथै कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने चेतावनी पनि उनले दिएका छन्।

‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT