Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमितिका निर्देशन कार्यान्वयन नहुनु अवहेलना हो: ज्येष्ठ सदस्य केसी

समितिका निर्देशन कार्यान्वयन नहुनु अवहेलना हो: ज्येष्ठ सदस्य केसी


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिका ज्येष्ठ सदस्य सभापति राजेन्द्रकुमार केसीले समितिबाट विगतमा भएका निर्णय र निर्देशन कार्यान्वन नहुनु सरकारको हेलचेक्र्याई मात्र नभइ सार्वभौम सम्पन्न ससदीय समितिप्रति अवहेलना भएको समेत बताएका छन् ।

लेखासमितिको आज बसेको उनले नेपाली जनताले तिरेको करको संरक्षण गर्दै दुरुपयोग हुन नदिने जिम्मेवारी पनि समितिको भएको स्पष्ट पारे । आजको बैठकमा कार्यविधि निर्माण उपसमितिका संयोजक समेत रहेका केसीले समितिको आन्तरिक कार्यविधिको मस्यौदा प्रतिवेदन पेस गरे ।

बैठकमा सदस्यहरुले समितिलाई प्रभावकारी तुल्याउन दिइएका निर्देशन र सुझाव कार्यान्वयन गर्न आवश्यक रहेकाले सरकारका मन्त्रीहरु बोलाएर जानकारी माग गर्नुपर्ने सुझाव दिए । उनीहरुले समितिले मेहनतका साथ तयार गरेको अध्ययन प्रतिवेदनका सुझाव सरकारले कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य गर्न जरुरी रहेको तथा समितिका प्रत्येक बैठकको उपलब्धि जनताले महसुस गर्ने खालको हुनुपर्ने धारणा राखे ।

समिति सदस्य योगेशकुमार भट्टराईले संसद् र समितिलाई विजनेश दिएर प्रभावकारी तुल्याउने तथा समितिले दिएको निर्देशन विनाशर्त कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको विचार प्रकट गरे । सदस्य दीपक गिरीले समितिको अध्ययन, अनुसन्धान, निर्णय र निर्देशन परिपक्क तथा देश र जनताले चाहेको जस्तो हुनुपर्छ भन्नेमा बैठकमा एउटै मत हुन आवश्यक रहेको धारणा राखे ।

समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठकबाट कार्यविधि पारित गर्ने प्रतिवेदन अध्ययन गरी आउन समिति सदस्यलाई सुझाव दिए । उनले भने, “समितिले नेतृत्व छिटो पाओस्, कार्यतालिका बनाएर काम गरेर समितिलाई प्रभावकारी तुल्याऔँ, महालेखापरीक्षकले औँल्याएको बेरुजुको चाङ ठूलो छ, त्यसको छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने दायित्व छ ।”

बैठकमा अघिल्लो कार्यकालमा समितिमा परेका एक सय २१ उजुरीमध्ये सुरक्षण मुद्रण, रेल बोलपत्र, ठेक्कापट्टाको सेटिङ, नेपाल ट्रष्टको जग्गा र पूर्वाधारण भाडालगायतजस्ता २१ वटा उजुरीसम्बन्धी विवरण अध्ययनका लागि सदस्यलाई वितरण गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT