Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने मुख्यमन्त्री थापको विश्वास

सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने मुख्यमन्त्री थापको विश्वास


विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए।

नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पारे। उनले भने, “संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहनाअनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन्।”

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राखे। उनले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताए। मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पारे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT