Techie IT
२०८१ चैत्र २६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोसीका मुख्यमन्त्री थापासहित दुई मन्त्रीद्वारा शपथ ग्रहण

कोसीका मुख्यमन्त्री थापासहित दुई मन्त्रीद्वारा शपथ ग्रहण


विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री थापाले शपथग्रहण गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले दुई बिना विभागीय मन्त्रीसहित शपथ लिएका हुन् ।

मन्त्रीमण्डलमा नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जबेगू र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुको कार्यविभाजन बाँकी रहेकोले बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापा विहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

Techie IT