Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्ने


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर विरोध गर्ने भएको छ। बुधबार संसद् भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको सचेतक महेश बर्तौलाले बताए।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंहको बारेमा अभिव्यक्ति दिएका थिए। प्रचण्डले सार्वभौमसत्ता सम्पन्न संसद्को गरिमाविपरीत गएर अभिव्यक्ति दिएकोले त्यसको विरोध गर्न लागेको बर्तौलाको भनाई छ।

‘१८ गते देशका प्रधानमन्त्रीले देशको विपक्षमा रहेर, देशको सार्वभौमसत्ता सम्पन्न संसद्को गरिमाविपरीत गएर प्रधानमन्त्री संसदले बनाएको होइन, दिल्लीले बनाएको हो भन्नेजस्ता अभिव्यक्ति दिनुभयो। यो अभिव्यक्तिलाई संसदीय दलले गम्भीरतापूर्वक लिएको छ’ उनले भने, ‘आज दिउँसो ३ बजे संसद बैठक छ। आज बसेको हाम्रो बैठकको सार भनेको प्रधानमन्त्रीको अभिव्यक्ति संसदमाथिको अपमान नै हो। जनादेशमाथि गरेको अपमान हो। यो देशको सार्वभौमत्तामाथि गरेको आक्रमणको कुरा सदनमा राख्नेछौं।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT