गृहपृष्ठ ∕
राजनीति ∕
नक्कली शरणर्थी प्रकरणमा प्रहरी अनुसन्धान सत्तास्वार्थको लज्जास्पद नाटकः शंकर पोखरेल नक्कली शरणर्थी प्रकरणमा प्रहरी अनुसन्धान सत्तास्वार्थको लज्जास्पद नाटकः शंकर पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन्। बुधबार सामाजिक संजालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले प्रहरी अनुसन्धानलाई सत्तास्वार्थको लज्जास्पद नाटक भएको उल्लेख गरेका छन्।
शरणार्थी प्रकरणका योजनाकार केशव दुलालले बयानमा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिवहरूको नाम लिएपछि पोखरेलले सामाजिक संजालमार्फत सत्तास्वार्थका लागि लज्जास्पद नाटक गरिएको टिप्पणी गरेका हुन्।
पोखरेलले फेसबुकमा लेखेका छन्, ‘काँक्राचोरले काँक्रो आफूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान। सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।’
शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि नाम मुछिएपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी
काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार