Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान होः प्रधानमन्त्री प्रचण्ड

नक्कली शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान होः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणलाई इतिहासकै ठूलो अनुसन्धान भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी काण्ड इतिहासकै ठूलो उपलब्धि भएको दाबी गरेका हुन्।

नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइलमाथि गरेको अनुसन्धान र कारबाहीपछि जनतामा आशा र विश्वास जागेको उनको भनाई छ। प्रचण्डले भने, ‘हाइ प्रोफाइलका व्यक्ति कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा आक्रोस जन्माइरहेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धान र कारबाहीपछि जनतामा आशा र विश्वास जागेको छ।’

प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा सरकारले कानुनको सर्वोच्चता मात्र नभई लोकतन्त्रको सर्वोच्चता कायम गर्न सफल भएको बताए। उनले उच्च पदस्थहरु देशको व्यक्ति कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित भएको उल्लेख गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT