Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराप्रपाले प्रवासी नेपाली समाजको अधिवेशन गर्ने

राप्रपाले प्रवासी नेपाली समाजको अधिवेशन गर्ने


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तर्राष्ट्रिय भेलाले आगामी कात्तिक १० र ११ गते अन्तर्राष्ट्रिय समितिको अधिवेशन नेपालमा गर्ने निर्णय गरेको छ ।

राप्रपाका ४० भन्दाबढी देशमा रहेका सङ्गठनका प्रतिनिधिले भर्चुअल बैठकबाट गरेको छलफलमा आगामी भदौ ११ गतेभित्र राष्ट्रिय समन्वय समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको हो । विभिन्न देशमा हुने राष्ट्रिय समन्वय समितिको अधिवेशनमा पार्टीको नेतृत्व तहको कार्यतालिका बनाइ सहभागी गराउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा कार्यकर्ताको भेलालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै पार्टीको एजेन्डाका पक्षमा प्रवासमा रहेका नेपालीको चासो, चिन्ता र सरोकारले पार्टीको वैचारिक पक्ष सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुलुकको विकास र समृद्धिका लागि प्रवासमा रहेका नेपालीको सहयोग र योगदानको सराहना गर्दै साङ्गठनिक विस्तारका लागि प्रवास विभाग, पानसको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिले आवश्यक कार्ययोजना बनाउनुपर्नेमा उनले जोड दिए । अन्तर्राष्ट्रिय समन्वय समिति (पानस)ले कार्यक्रमको संयोजन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसअघि काठमाडौँमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT