Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिखर्च विवरणको पुस्तिका नआएपछि संसद् बैठक स्थगन

खर्च विवरणको पुस्तिका नआएपछि संसद् बैठक स्थगन


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । विनियोजन विधेयक, २०८० को शीर्षकगत छलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठकमा एमालेका सचेतक महेश बर्तौलाले कार्यसूचीमा रहेको उक्त निकायको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राखेका थिए । यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर एमालेले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान दिएपछि बैठक स्थगित भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांक

कास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।

युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास

Techie IT