Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदमा सचेतक बर्तौलाको प्रश्नः सरकारको आँखा र कान छ कि छैन ?

संसदमा सचेतक बर्तौलाको प्रश्नः सरकारको आँखा र कान छ कि छैन ?


काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले सरकारको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परे पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके पनि सरकाको ध्यान नपुगेको बताएका हुन् ।

उनले भने – ‘सरकारको आँखा र कान छ भने पटक–पटक यो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक–पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि थुप्रै पटक यो विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक–पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।’

यस्तै, यस समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सचेतक बर्तौलाले सरकारसँग माग समेत गरे । साथै भीषण असिनापानीका कारण मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरूमा तरकारी बाली अन्नबाली तहस नहस भएको जानकारी गराउँदै उनले क्षतिको सङ्कलन गरेर क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT