Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णयप्रति रास्वपाको आपत्ति

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णयप्रति रास्वपाको आपत्ति


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्।

सांसद परियारले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरेका छन्।

सांसद परियारले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपीट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरुमाथि लगाइएको मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे।

‘२०७७ साल आसोज २० गते त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका प्रोफेसर आफ्नो एटीएममा भएको पैसा झिक्न जान्छन्। तत्समयमा नेविसंघ निकट विद्यार्थीहरूले फलामको रडले मरनासन्न हुने गरी कुटछन्। ३ वर्षसम्म धेरै ठाउँ जान्छन ती प्राध्यापक न्याय माग्न। भौतारिएर हिँडछन्,’ सांसद परियाले भने, ‘अहिले अन्ततः जेष्ठ ३० गते सरकारको मन्त्रीपरिषदले उक्त मुद्दा फिर्ता लिने निर्णय गर्छ। हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्दथ्यौँ। आज कमसेकम विश्वविद्यालयहरू शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाइ हो। प्रहरीले पनिभित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो? न्याय चाहिन्छ। न्यायलाई मर्न नदिऊ। न्याय पनि मर्यो भने हाम्रो आशा रहँदैन। विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरुलाई नछोडौँ। म सम्माननीय सभामुखमार्फत् नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु‍। कृपया, यो गल्तीलाई सच्याउनूस। पीडितलाई न्याय दिनूस।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

Techie IT