गृहपृष्ठ ∕ राजनीति ∕ जसपाको केन्द्रीय समिति बैठक आह्वानजसपाको केन्द्रीय समिति बैठक आह्वान नेपालीपत्र शुक्रबार, २०८० असार १ गते, १५:४९ मा प्रकाशित राजनीति काठमाडौँ। जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ। असार ९ गते केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ। जसपाले यही असार १०, ११ र १२ गते काठमाडौँमा विधान अधिवेशन गर्ने भएको छ।विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन्। यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ। #जसपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेलकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारीकाठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउकाठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ । टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की गैँडाको आक्रमण बाट १ जनाको मृत्युचितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ताकाठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ६ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ७ आजबाट इजरायल-हमास बीच युद्धविरामThe Film Nepal