Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव

पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले आयोग गठन गर्ने प्रस्ताव गरेका हुन् ।

शर्माले नयाँ क्रान्तिकारीतर्फ अगाडि बढ्ने गरी प्रचण्डको प्रतिवेदन आएकाले समर्थन गरेका छन् । प्रतिवेदन वर्गप्रति फर्कन खोजिएको पाटो सकारात्मक भएको उनको टिप्पणी रहेको छ ।

‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । हल्लाबाट मुक्त होऔँ । अध्यक्षलाई हटाउन होइन । बहस सिर्जना होस भनेर गत बैठकमा आएको व्यक्तिगत धारणा हो । आजको दिनसम्म पुँजीवादकै दलदलमा फसेका छौँ । संविधान निर्माणपछि हामी कहाँ अलमलियौँ समीक्षा गर्नुपर्छ’, शर्माको भनाइ थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT