Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत

रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्।

नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभई अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए ।

उनले भने, ‘उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन । त्यो अदालतले गरेको निर्णय हो । अदालतले नै थुनामा राखेर छानबिन गर्ने आदेश दिएको छ । जुन ठाउँको अदालतले आदेश दियो त्यहाँ त उम्याउँनै पर्छ । सरकारले चाहेर घुमाएको होइन। यसमा कुनै पूर्वाग्रह छैन ।’

माओवादीद्वन्द्वको क्रममा आफ्नो पार्टीको कयौँ मानिसको ज्यान जाँदा त अहिले कुनै पूर्वाग्रह नरहेको उदाहरण दिँदै रास्वपासँग पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नभएको बताए। कानूनी शासनमा आरोप लागिसकेपछि त्यसको छिनोफानो अदालतले नै गर्ने सुनाए ।

उनले पार्टीका वरिष्ठ नेताहरुले कानूनी प्रक्रियामा पर्दा आफूहरूले सडकमा जुलुस ढुंगामुढा केही नगरेको बताए। उनले अदालतमा गइसकेको विषयलाई ढुंगामुढा गरेर छोड भने रास्वपाको प्रवृत्ति गलत भएको बताए ।

उनले चितवनमा शान्ति सुरक्षालाई ख्याल गरेर रविलाई राति नै चितवनबाट पोखरा लगिएको भन्दै अरु कुनै नियत नभएको प्रष्ट्याए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT