Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपनिर्वाचनमा जाने रास्वपाको निर्णय

उपनिर्वाचनमा जाने रास्वपाको निर्णय


काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने तयारी गरेको छ । उपनिर्वाचन हुने अधिकतम पदहरुमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमाण्ड समाल्ने छन् । उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाउँदै संयोजकमा पराजुलीलाई जिम्मेवारी तोकेको हो ।

सभापति लामिछाने सहकारी ठगि तथा संगठित अपराधको कसुरमा पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपा उपनिर्वाचनमा जाने नजाने अन्योलमा थियो । तर, पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने निर्णय गरेको छ ।

सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयत्र प्रमुख नै चुनावी कमाण्डर रहनेछन् ।

उपनिर्वाचनका लागि छिट्टै उम्मेदवार आह्वान गरिने बताउँदै पराजुलीले बुधबार आज बेलुका बैठक बसेर सबै कुरा टुंग्याएपछि भोलिदेखि उम्मेदवार आह्वान हुनसक्ने बताए ।

यसअघि रास्वपाले उपनिर्वाचनमा भाग लिनेबारे तीन वटा मोडालिटी बनाएको थियो । ठाउँ हेरेर पार्टीले आफ्नै उम्मेदवार उठाउने, पार्टी बाहिरको उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने तीन विकल्पमा रास्वपाले काम गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT