गृहपृष्ठ ∕
राजनीति ∕
राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने
काठमाडौँ । पूर्वगृह मन्त्री समेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।
दिउँसो ४ बजे पोखराको मानवअधिकार चोक सहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने रा.स्व.पा.ले जनाएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालय बाटै पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गते मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको थियो ।
अदालतले फेरी मंगलबार १० दिन म्याद थपको अनुमति दिएको छ । रवि पक्राउ परेको दिन देखि नै रा.स्व.पा.ले विरोध गर्दै आएको छ । मंगलबार प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास समेत प्रहार भएको थियो ।
सूर्यदर्शन सहकारी बाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा भएको कारबाहीको सिफारिस र कास्कीमा परेको किटानी जाहेरीका आधारमा रवि र छविलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।