Techie IT
२०८१ कात्तिक १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले दान पाएको जग्गामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

एमालेले दान पाएको जग्गामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले यो विवादमा रिट दायर गरेका थिए भने सर्वोच्चले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।

मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको रिटमा उल्लेख गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रविलाई हिरासतमा राख्नु ठिक छैन, सहकारीको रकम फिर्ता गर्छौं: स्वर्णिम…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन् ।

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

युक्रेनको खार्किभमा भएको रूसी हमलामा ४ जनाको मृत्यु

एजेन्सी । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । खार्किभका

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक

दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम

Techie IT