Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिधनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा

धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले धनराज र ऋषिकेशमाथि अनुसन्धान गर्नेमात्र होइन, गल्ती गरेको भए दण्ड पनि हुनुपर्ने बताएका हुन् ।

उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए ।

‘जुन पार्टीको भए पनि नाम जोडिएपछि अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नेमात्रै होइन, गल्ती गरेको भए दण्ड पनि हुन्छ’, थापाले भने, ‘कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा होस्,अथवा पाँच पटक प्रधानमन्त्री भएको मान्छे होस् कि अहिले भएको प्रधानमन्त्री होस् वा भोलि प्रधानमन्त्री हुने मान्छे होस् कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन आग्रह समेत गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT