Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेलाई चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ: शङ्कर पोखरेल

एमालेलाई चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ: शङ्कर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् ।

शुक्रवार अखिल नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका हुन् ।

‘एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई कठपुतली जस्तै नचाउन सकिन्छ भन्ने सच्चाई हामीले बुझ्नुपर्छ’, पोखरेलले भने, ‘हो विकास र सम्मृद्धिका काम जनअपेक्षा अनुसार हुन नसकेकोमा पार्टीले मनन गरेको छ ।’

यस्तो घेराबन्दी र आक्रमणले पार्टी चुकेको र गलत दिशामा हिँडेको हो कि भन्ने माहौल सिर्जना गरिएको पोखरेलको भनाइ छ । यस्तो प्रवृत्तिले नेपालको राजनीतिलाई कुन बाटोमा अघि बढाउने ? भन्ने प्रश्न उठेको भन्दै सही बाटोमा लैजाने कि पपुलिजमलाई ? साथ दिने दोसाँधमा रहेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांक

कास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।

युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट

Techie IT