Techie IT
२०८१ असोज २८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल

जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्। तुल्सिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस-एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार हुन थालेको बताएका हुन्।

धेरै दलहरू हुँदा सरकार अस्थिर भएको उनको भनाई छ। उनले सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको उल्लेख गरे। पछिल्लो समय पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताउँदै आएका छन्। हंग पार्लियामेन्ट नीतिको कार्यान्वयनमा चुनौती हुने गरेको उनको बुझाई छ।

पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए। उनले योजनाको पहिचान र छनोट, कार्यान्वयन र प्रतिफल वितरणसम्म जनतालाई जोड्न सके विकास छिटो र दिगो हुने बताए।

महासचिव पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको धारणा राखे। जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाले सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्‍याउन आग्रह गरे। उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने स्पष्ट पारे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता

ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित

बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। सोमबार अपराह्न पौने ४ बजे अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडामा एक जना

बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु

बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने

सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

  सिसापाङमामा नेपालको झण्डा फहराउँदा… मेरोन्यूज२०८१ असोज २९ गते ७:२७ 13 Shares facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन

Techie IT