काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भूपू सैनिक विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले उक्त विभागमा सदस्य मनोनयन गरेका हुन् ।
मनोनीत सदस्यहरूमा गर्जबहादुर गुरुङ (लमजुङ), हेमलाल लिम्बु (सुनसरी),तुलबहादुर गुरुङ (कास्की),जोबानसिंह ठकुरी (रुपन्देही),भीम चन्द (कञ्चनपुर),भावना घर्ती मगर (सुर्खेत),गुणबहादुर कार्की (महोत्तरी), लीला मास्के राना (नवलपुर),गोपाल तामाङ (झापा) र सुनिता लामिछाने (काठमाडौँ) छन् । उक्त विभागको प्रमुख केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु रहेकी छन् ।