Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ ।

पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने केन्द्रिय समितिको बैठकले यसअघि महासमिति बैठकमा प्रस्तुत भएका सबै प्रस्तावलाई सर्वसम्मत पारित गर्ने बताईएको छ ।

केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आजै दिउँसो १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्नेछ । गत माघमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।

तर केन्द्रिय समितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि विवाद भएपछि बैठक रोकिएको थियो । हिजो बसेको शीर्ष नेताहरुको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको बताईएको छ ।

महामन्त्रीद्वयको प्रतिवेदनमा चुनावी तालमेल, महाधिवेशन तालिका, नेताहरुको बहिर्गमनलगायतका विषय उठाइएको थियो । पार्टीको विधानसँग सम्बन्धित सबै मुद्दाहरूलाई विधान मस्यौदा समितिमा पठाउने सहमति शिर्ष नेताहरुबिच भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छापा पत्रकारिता: सम्भावना र रणनीति

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

Techie IT