गृहपृष्ठ ∕ राजनीति ∕ कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुनेकामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने नेपाली पत्र सोमबार, २०८० जेठ २९ गते, १४:१३ मा प्रकाशित राजनीति काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ । समितिले जेठ ३२ गते कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ । आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ । #प्रधानन्यायाधीस #हरिकृष्ण कार्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । पुटिनको शर्तले जेलेन्स्कीलाई शंकाएजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति साहित्यकार लीलबहादुर क्षेत्रीको निधनकाठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालनकाभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउकाठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ७ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउThe Film Nepal