गृहपृष्ठ ∕
राजनीति ∕
नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना छैनः झलनाथ खनाल नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना छैनः झलनाथ खनाल
काठमाडौँ । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले उनीहरूले दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरे ।
आइतबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा उनले नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्र सीमित हुने टिप्पणी गरे । नेपालमा त्यो सिस्टम असम्भव रहेको उनको भनाइ थियो ।
कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेको भन्दै उनले उनीहरूले संविधान संशोधनका निम्ति चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूला पार्टीले आफूहरूको सहयोगबिना संविधान संशोधनका नाममा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न नसक्ने उनले उल्लेख गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख