गृहपृष्ठ ∕ राजनीति ∕ विद्युत् महसूलको विषयमा बोल्दा सांसद ढकाललाई रोकेपछि संसदमा होहल्लाविद्युत् महसूलको विषयमा बोल्दा सांसद ढकाललाई रोकेपछि संसदमा होहल्ला नेपालीपत्र मंगलबार, २०८१ साउन २९ गते, १४:३४ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसूलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेको छ ।रास्वापा सांसद हरि ढकालले आकस्मिक समयमा भ्रष्टाचार र अरू केही विषयमा बोलेपछि उद्योगीबाट उठाउनुपर्ने विद्युत् महसूलबारे कुरा राख्न थालेका थिए । तर सभामुख देवराज घिमिरेले भने ढकालले सार्वजनिक यातायातको विषयमा बोल्न समय लिएकाले अरू विषयमा बोल्नु असान्दर्भिक भएको भनेर माइक काटेपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाएका छन् ।रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि साथ दिएका छन् । सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिएका छन् ।लामिछानेले सांसद हरि ढकालले विद्युत् महसूलको विषय उठाउनेबित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाएका छन् । त्यसपछि केहीबेर सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच भनाभन भएपछि संसद् बैठक फेरि चलिरहेको छ । #नेपाल विद्युत् प्राधिकरणकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रास्वपाको सचिवालय बैठक बस्दैकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृतकाठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य राष्ट्रपति समक्ष पाँच राजदूतको शपथकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिककाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटोधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ५ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ६ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal