Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

ललितपुरमा आइतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए । उनले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘हामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छौँ । जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरुलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला ।’

उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताए । उनले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT