Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलसमाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छ: खेलकुदमन्त्री चौधरी

समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छ: खेलकुदमन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन् । ललितपुरमा आइतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

खेलकुदमन्त्री चौधरीले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे । उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

खेलकुदमन्त्री चौधरीले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताए । उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए ।

खेलकुदमन्त्री चौधरीले भने, ‘अहिले विद्यालयमा खेलकुदहरु छैनन् । डिजिटल गर्दा बिस्तारै बिस्तारै खेलकुद हट्दै गएको छ । स्कुलमा खेलकुद गराउँदैन । किनभने पहिला पहिला खेलकुदको साधन हुन्थ्यो । खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन । भएको खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ । डिजिटल गर्नुस् तर त्यसको विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नुस् । जबसम्म शिक्षा र खेलकुद एउटै मन्त्रालयमा हुन सकेन भने काम हुँदैन । विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाई कमजोर हुन्छ । विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो । उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन । अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छौँ ।’

खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताए । उनले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीको अवसर रहेको बताए । उनले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताए । उनले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गरे । उनले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT