काठमाडौँ । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ ।
कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो । सभापति शेरबहादुर देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाएका छन् ।
कांग्रेसबाट प्रकाशमान सिंह उप प्रधानमन्त्री शहरी विकास, रमेश लेखक गृह, आरजु राणा परराष्ट्र, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, अजय चौरसिया कानून, तेजुलाल चौधरी युवा खेलकुद, बद्री पाण्डे पर्यटन, प्रदीप पौडयाल स्वास्थ र रामनाथ अधिकारी कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।