Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिओली नेतृत्वको सरकारमा को–को बन्दैछन् मन्त्री ?

ओली नेतृत्वको सरकारमा को–को बन्दैछन् मन्त्री ?


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउनेछन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने एमाले स्रोतले जानकारी दिएको छ । सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् भने यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।

त्यस्तै, नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । यो समूहले हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम सिफारिस गरेको स्रोतको दाबी छ । कांग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT