Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिज्ञानेन्द्र र खिलराजलाई जस्तै संविधान नबुझाउनुहोलाः रास्वपा

ज्ञानेन्द्र र खिलराजलाई जस्तै संविधान नबुझाउनुहोलाः रास्वपा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा एमाले र नेपाली कांग्रेसबीचको समीकरणमा गम्भीर प्रश्न उठाएको छ । सोमबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रास्वपा सांसद मनिष झाले एमाले र कांग्रेसबीचको समीकरणमा गम्भीर प्रश्न उठाएका हुन् ।

उनले वर्तमान संविधान र राज्यसञ्चालन प्रणाली २०५९ मा पूर्वराजा ज्ञानेन्द्र शाह र २०६९ मा खिलराज रेग्मीलाई बुझाएजस्तै पुनः त्यस्तै हुने हो कि भन्ने आशंका गरे ।

उनले भने, ‘२०५९ मा गएर संविधान सदन र सरकार ज्ञानेन्द्रलाई बुझाएजस्तै । २०६९ मा खिलराज रेग्मीलाई आफ्नो अर्कमण्ठयताले बुझाएजस्तै नगनुहोला । तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौँ । बेचेनबिना हामी यसलाई पार लगाउन बसेका छौँ ।’

उनले संसदीय प्रणालीमा विश्वासको मत लिने संवैधानिक अधिकार भएको भन्दै चार दिन पर्खिन अनुरोध गरे । साथै उनले संसदीय प्रणाली र संविधान बनाउने दलहरू नै संविधान र प्रणालीमाथि किन अविश्वास जताएर चार दिन धैर्य गर्न नसकेको भन्ने प्रश्न पनि उठाए ।

उनले संविधानमा लेखिएको कुरा अभ्यास गरिरहेको भन्दै मध्यरातमा कुनै व्यापारीको घरमा गएर सहमति गर्ने दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन जरुरी नरहेको स्मरण गराए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT