लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरियो
काठमाडौँ । केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।
लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारमा एमालेका पाँच मन्त्री थिए । उनीहरुले हिजो राजीनामा दिएपछि मुख्यमन्त्री महराले अब विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको समीकरणअनुसार महराले विश्वासको मत पाउने अवस्था छैन । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ५६ सांसद छन् ।
यस्तै सुदूरपश्चिममा एमालेले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी गएको वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र एमालेका ११ सदस्य रहेकाले नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ
काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा
काठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त