Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमुकुल ढकाल भन्छन्ः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

मुकुल ढकाल भन्छन्ः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा आफुमाथि लागेका आरोपको जावफ दिएका छन् ।

प्रेमिकालाई सांसद बनाएको भन्ने आरोपको जवाफ दिँदै ढकालले प्रस्तावमा आलोचना गर्नेहरुले नारीप्रतिको सम्मानलाई ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रस्तावमा मैले बिहे गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् भनेका छन् ।

उनले भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । “म जान पाइन, एक जना नारी जाने ? मेरो साटो ” भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’

उनले भनेका छन्, ‘मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केहि नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार । पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि ? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछी पालना गर्न तयार छौं ? नेताको आचरण निर्धारण गरी पालना गर्ने सबैजना तयार हुन्छन् भने खुशी हुन्छु । नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु । राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT