Techie IT
२०८१ असोज ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्लाई जानकारी गराउन कांग्रेसको माग

राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्लाई जानकारी गराउन कांग्रेसको माग


काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको भारत र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङसहित प्राकृतिक विपत्ति र यसबाट भइरहेको क्षति तथा सरकारले क्षति घटाउन गरिरहेका कामलगायत विभिन्न विषयमा चासो राखेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाए । उनले सदनको नेता प्रधानमन्त्री भए पनि उनी सदनबाट भाग्न खाजेको आरोपसमेत लगाए ।

भारत भ्रमणबाट फर्केको एक हप्ता हुँदा पनि सदनले प्रधानमन्त्री भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको नेता लेखकको भनाइ छ । उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सदनमा कांग्रेस नेताहरूमाथि लगाएका आरोपबारे पनि प्रधानमन्त्रीबाट जवाफ माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्कालै गर्न माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकको विशेष समयमा सदस्य योगेश भट्टराईले पहाडी र हिमाली जिल्ला प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै सुरक्षाका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताए । उनले विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन नहुनेमा जोड दिए ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौँमा मेलम्चीको पानीले नपुग्ने, लार्के तथा याङ्ग्रीको पानी तत्काल ल्याउन सक्ने अवस्था नहुँदा काठमाडौँवासीले खानेपानीको चरम अभाव भोग्नुपरेकोतर्फ सरकारको ध्यान पुग्न नसकेको टिप्पणी गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने

निराशा पैदा गर्नेगरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई लक्षित गर्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको

सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत

कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर

Techie IT