Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रोपटक विश्वासको मत पाएका छन् । उनले विश्वासको मतको पक्षमा ३१ मत प्राप्त गरे ।

नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन् ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेका थिए ।

देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप लत्याउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनले बहुमत सिद्द गरेका हुन् ।

२७ सांसद रहेका कांग्रेस संसदीय दलका नेताले असम्भव जस्तो मानिएको बहुमत जुटाए । विपक्षमा भने २८ सांसद उभिएका छन् । देवकोटाले फ्लोर क्रस गरेपछि विपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीसहितले प्रदेशसभा बैठकमा नाराबाजीसमेत गरे ।

त्यस्तै, स्वतन्त्र सांसद दीपक मनाङले पनि प्रतिपक्षी कित्ता फेरेका छन् । उनी यसअघि प्रतिपक्षी कित्तामा थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

Techie IT