Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उनी संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गर्नका लागि ३१ सांसद आवश्यक पर्छ । अहिले संसदमा नेपाली काँग्रेसका २७ सांसद छन् भने एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका दुई, नेपाल समाजवादी पार्टीका एक र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् ।

मुख्यमन्त्री पाण्डेलाई राप्रपाका दुई सांसद र दिपक मनांगेको समर्थन रहने अनुमान गरिएको छ । त्यस्तै अर्को एक जना सांसदको समर्थन जुटाउने प्रयास भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

Techie IT