Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशिक्षामन्त्री श्रेष्ठलक्षित अभिव्यक्तिबारे ओली भन्छन्ः कुरालाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ

शिक्षामन्त्री श्रेष्ठलक्षित अभिव्यक्तिबारे ओली भन्छन्ः कुरालाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ


काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएका अभिव्यक्तिमा प्रष्टीकरण दिएका छन् । सत्तारूढ नेकपा एमालेका अध्यक्ष ओलीले चितवनको भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले सो कुरालाई अनावश्यक ढंगले जोडिएको बताए ।

‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए ।

ओलीको अभिव्यक्तिमा आपत्ति जनाउँदै मन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत् प्रतिवाद समेत गरेकी थिइन् । ओलीप्रति लक्षित गर्दै श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी थिइन् ।

त्यस्तै, रास्वपाका सांसद शिशिर खनालले संसद बैठकमा ओलीले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

Techie IT