Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमधेशको मुख्यमन्त्रीको उम्मेदवार सतिश सिंहलाई बनाउने जनमतको निर्णय

मधेशको मुख्यमन्त्रीको उम्मेदवार सतिश सिंहलाई बनाउने जनमतको निर्णय


काठमाडौँ । सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीले निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए ।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको जनाइएको छ ।

पहिले संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने भनिए पनि जनमत पार्टीले अन्तिममा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । सिंह सप्तरी क्षेत्र–२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हो । यादव २०७९ पौष २७ गते मुख्यमन्त्री बनेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका नेता सरोजकुमार यादवले बुधबार प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो । १०७ सदस्य रहेको मधेश प्रदेशसभाको बुधबारको बैठकमा १०३ सांसद उपस्थित थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT