Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकेपी ओलीको टिप्पणीमा शिशिर खनालको प्रश्नः महिला उन्मुक्तिको राजनीति केका लागि थियो ?

केपी ओलीको टिप्पणीमा शिशिर खनालको प्रश्नः महिला उन्मुक्तिको राजनीति केका लागि थियो ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई समानुपातिक सांसद र विदेशीसँग बिहे गरेको भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होच्याइएकोबारे सदनमा कुरा उठाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खनालले महिला र वर्गीय उन्मुक्तिबारे प्रश्न गरेका हुन् ।

अध्यक्ष ओलीले केही दिनअघि संसदीय दलको बैठकमा शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा सांसद श्रेष्ठलाई लक्षित गरेर पानी पर्दा कहिलेकहिले माछा बर्सिएझैं शिक्षा मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए ।

‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौँकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन् । जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र दुवै पुज्य भए । आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन् । नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन् । उद्यममार्फत् रोजगारी सिर्जना गरिन् । राजनीतिमा आइन् र मन्त्री बनिन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ,’ अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद खनालले भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने काम गरिन्छ । कहिले यही सभा हलमा, कहिले बन्द कोठाभित्र !’

संविधानको प्रयोग गरेर देशलाई नेतृत्व गर्छु भन्दा टिप्पणी सहनु परेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT